सूचीकृत ३ सिमेन्ट कम्पनी नाफामा, कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुले १२ महिनामा १ अर्ब भन्दा धेरैको नाफा कमाएका छन् । समग्रमा यी कम्पनीहरुले १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ४ मध्ये एउटाले मात्र खुद घाटा व्यहोरेको छ । घोराही सिमेन्टले असारसम्म ६६ करोड ३ लाख घाटा व्यहोरेको छ । अरु कम्पनी भने नाफामा छन् ।

सर्वोत्तम सिमेन्ट र शिवम् सिमेन्ट्सको खुद नाफा क्रमशः १ अर्ब ४५ लाख र ७९ करोड ४१ लाख रुपैयाँ बराबर रहेको छ । यता, सोनापुरको नाफा भने ६१ लाख ५० हजार रुपैयाँ छ ।

सिमेन्टहरुको चुक्ता पुँजी १८ अर्ब ७ करोड भन्दा धेरैको छ । जसमध्ये सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ५ अर्ब ४५ करोड, सर्वोत्तमको ४ अर्ब ९७ करोड, घोराहीको ४ अर्ब ५६ करोड र सोनापुरको चुक्ता पुँजी ३ अब ७ करोड रुपैयाँ बराबरको छ ।

जगेडा कोष (रिटेन्ड अर्निङ, सेयर प्रिमियम) मा शिवम् सिमेन्ट्सको सबैभन्दा धेरै ४ अर्ब ८३ करोड रुपैयाँ जम्मा छ । दोस्रोमा, सर्वोत्तमको ४ अर्ब ७३ करोड, घोराहीको ४ अर्ब ४ करोड र सोनापुरको २ अर्ब ७८ करोड रुपैयाँ जगेडामा जम्मा छ । उक्त कोषमा सेयर प्रिमियमको रकम पनि जोडिएको छ ।

सबैभन्दा धेरै सञ्चालन आम्दानी गर्नेमा सर्वोत्तम सिमेन्ट रहेको छ । यसले ९ अर्ब ५५ करोड आम्दानी गरेको छ । दोस्रोमा, शिवम् सिमेन्ट्सले ७ अर्ब ७६ करोड, घोराहीले ५ अर्ब ५ करोड आम्दानी गरेका छन् ।

सञ्चालन आम्दानी बढेसँगै सिमेन्टहरुको नाफामा सुधार देखिएको छ । साथै, अन्य यिनीहरुको अन्य आम्दानी पनि बढेको छ । त्यसैगरी, पछिल्लो समय कर्जाको ब्याजदर घटेको छ । जसले गर्दा उत्पादन क्षेत्रका कम्पनीहरुको ब्याज खर्च तुलनात्मक रुपमा कम भएको छ । त्यसले गर्दा पनि नाफामा केही वृद्धि देखिएको छ ।

यता, प्रतिसेयर आम्दानी सर्वोत्तमको सबैभन्दा धेरै छ । यसको उक्त आम्दानी २०.१९ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ पनि यही कम्पनीको सबैभन्दा धेरै छ । यसको उक्त नेटवर्थ २०२ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार