काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले १२ महिनामा १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशत कम हो । अघिल्लो वर्ष यी संस्थाहरुले १ अर्ब २६ करोड नाफा कमाएका थिए ।
ओरियन्ट होटल्स नाफामा मात्रै ७६ प्रतिशतले घटेको छ । यता, सिटीले १२ महिनामा १९ करोड ८९ लाख नोक्सानी व्यहोरेको छ । जसले गर्दा समग्र होटलको नाफामा केही प्रभाव परेको छ ।
देशमा विदेशी पर्यटनको आगमन बढेको छ । उक्त संख्यामा वृद्धि हुँदा आम्दानीमा सुधार आएको छ । सेमिनार वा गोस्टीका कार्यक्रम आयोजना पनि अहिले तारे होटलमा हुने गरेको छ । जसले गर्दा केही होटलहरुको नाफा र आम्दानीमा सुधार देखिएको छ ।
कम्पनीहरुले १२ महिनामा ६ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेका छन् । यो अघिल्लो वर्षलको भन्दा १ प्रतिशत धेरै हो ।
चुक्ता पुँजी तथा रिटेन्ड अर्निङ कसको कति ?
होटल्स तथा पर्यटन समूहमा तारागाउँ रिजेन्सीको सबैभन्दा धेरै १ अर्ब ९६ करोड रुपैयाँ बराबरको पुँजी रहेको छ । सिटीको १ अर्ब ६७ करोड, चन्द्रागिरीको १ अर्ब ५३ करोड रुपैयाँ बराबरको पुँजी छ ।
यता, ओरियन्टल होटल्सको रिटेन्ड अर्निङमा सबैभन्दा धेरै २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सिटी होटलको रिटेन्ड अर्निङ ऋणात्मक छ ।

आम्दानी कसको कति ?
होटल्स समूहमध्ये सबैभन्दा धेरै आम्दानी गर्नेमा सोल्टी होटल अगाडि छ । यसले २ अर्ब ७७ करोड आम्दानी गरेको छ । तारागाँउले १ अर्ब ५२ करोड, ओरियन्टलले १ अर्ब ४ करोड आम्दानी गरेको छ ।

नाफा कसको कति ?
सोल्टी होटलले असारसम्म ६७ करोड ७ लाख नाफा कमाएको छ । तारागाउँले ५१ लाख ५४ हजार नाफा आर्जन गरेको छ । सिटी होटल भने नोक्सानीमा छ ।

प्रतिसेयर आम्दानी
तारागाउँको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २६.२७ रुपैयाँ छ । चन्द्रागिरीको उक्त आम्दानी १३.७५ रुपैयाँ छ । सिटीको उक्त आम्दानी ऋणात्मक छ ।


