२७५७ मा झर्यो नेप्से, ५ अर्ब २ करोडमा सीमित कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६९ अंकले घटेर ४७४.२६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.५० अंकले र सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले घटेको हो ।

बिहीबार ३१९ वटा कम्पनीको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २ करोड १ लाख पुगेको छ । जुन बुधबारको तुलनामा १७ करोड ९९ लाखले कम हो । बुधबार ५३ हजार ८ सय ५३ पटकको कारोबारमा १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २० करोड पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब ८ अर्ब ४३ करोड रहेको छ ।

बिहीबार ५३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन सम्पूर्ण १ वटा समूह बढ्दा बाँकी १२ वटा घटेको छ । निर्जीवन बीमा १८ अंकले बढ्दा वाणिज्य बैंक २, विकास बैंक ३८, वित्त १४, होटल पर्यटन ६२, जलविद्युत १९, लगानी ०.२९, जीवन बीमा ४३, उत्पादन र प्रशोधन १४, लघुवित्त ११, म्युअुचल फण्ड ०.०३, व्यापार २७ र अन्य समूह १४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स,बलेफी हाइड्रोपावर , बुटवल पावर कम्पनी र हिमालयन डिष्ट्रलरी रह्यो । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ९ लाख, नेपाल रिइन्स्योरेन्सको २० करोड ९ लाख,बलेफी हाइड्रोपावरको १४ करोड १९ लाख , बुटवल पावर कम्पनीको १३ करोड ४६ लाख र हिमालयन डिष्ट्रलरीको १३ करोड ८ लाख बराबर कारोबार भयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार