बुङ्गल हाइड्रोको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थनीयमा जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पनि असार २९ गतेदेखि साउन २६ गतेसम्म आईपीओ निष्कासन गरि भदौ ५ गते बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशतले हुने २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । त्यसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरी बाँडफाँट गरिएको हो ।

स्थानीयसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये १० प्रतिशतले हुन आउने २ लाख ७ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २९ गतेदेखि साउन ११ गतेसम्म आईपीओ निष्कासन गरी साउन २६ गते बाँडफाँट गरेको हो । पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।आईपीओ निष्कासन तथा विक्री प्रबन्धकममा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले १० दशमलव ७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०८० साल भदौ २ गतेदेखि उक्त आयोजनबाट व्यापारिक उत्पादन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार