पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर बाँडफाँट, ३ लाख ९१ हजारभन्दा बढी लिलामीमा आउने

काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३ लाख ९१ हजार ७७९ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले असार २२ गतेदेखि साउन २६ गते सम्म ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा उल्लेखित कित्ता हकप्रद शेयर भने विक्री हुन नसकेको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ९१ हजार ६३८ जना शेयरधनीहरूलाई २७ लाख ७१ हजार कित्ता हकप्रद शेयर कम्पनीले भदौ ५ गते बाँडफाँट गरेको हो । यो बाँडफाँटमा नपरेको शेयरवापतको रकम कम्पनीले साउन ८ गतेदेखि आवेदकहरूको खातामा रकमान्तर गर्ने जानकारी दिएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । लिलामीमा समेत शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार