CLI

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लि. को  ५,८०,००० कित्ता संस्थापक शेयर बिक्री मा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गरी लिन इच्छुक हाल कायम यस कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने विद्यमान कानूनी व्यवस्था बमोजिम संस्थापक शेयरधनीहरुको जानकारीको लागि कम्पनीले २०८२ असार ३० गते सार्वजनिक सुचना जारी गरेकोममा सो समय भित्र हाल कायम संस्थापक शेयरधनीले सो शेयर खरिद गर्न कुनैपनि आबेदन नदिएकोले कम्पनीले पुन संस्थापक शेयरधनिलाई मौका दिन सार्वजनिक सुचना निश्कासन गरेको हो ।

बिक्रिमा रहेको सो शेयर खरिदस गर्न हाल कायम संस्थापक शेयर धनी इच्छुक भएमा प्रचलित कानुन तथा निर्देशिकाको अधिनमा रही संस्थापक शेयरधनी पुनः उक्त शेयर खरिद गरी लिन ईच्छा भएमा १५ दिन भित्र आबश्यक कागजात संलग्न गरी कम्पनीको प्रधान कार्यालय खरिद गर्न चाहेको शेयर के कति दर रेटमा खरिद गर्ने हो सो को व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

संस्थापक शेयर खरिद गर्न तोकिएको १५ दिन भित्र  उ हाल कायम संस्थापक शेयरधनीले आबेदन नदिएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई संस्थापक शेयर विक्री गर्ने सम्वन्धी आवश्यक कारवाही प्रकृया अघि वढाइने कम्पनीले उल्लेख गरेको छ ।

Leave Your Comment

Related News