CLI

घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०६ अंकले घटेर ४७१.१९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.३८ अंकले र सेन्सेटिभ इन्डेक्स १.१८ अंकले घटेको हो ।

आइतबार ३२३ वटा कम्पनीको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५४ करोड ८६ लाख पुगेको छ । जुन १ अर्ब ५२ करोड ८५ लाख बढी हो । बिहीबार ३१९ वटा कम्पनीको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २ करोड १ लाख पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ७८ अर्ब ३२ करोड रहेको छ । आइतबार ४१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

यस दिन सम्पूर्ण १ वटा समूह बढ्दा बाँकी १२ वटा घटेको छ । उत्पादन र प्रशोधन १२ अंकले बढ्दा वाणिज्य बैंक १३, विकास बैंक ९८, वित्त १३, होटल पर्यटन ४८, जलविद्युत ४३, लगानी ०.८७, जीवन बीमा ५७, लघुवित्त ८, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा ६३, व्यापार ८ र अन्य समूह ३ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन डिष्ट्रलरी, नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी र शिवम सिमेन्ट कम्पनी रह्यो । हिमालयन डिष्ट्रलरीको १ अर्ब ७५ करोड ७९ लाख, नेपाल रिइन्स्योरेन्सको २४ करोड ४७ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३५ लाख, बुटवल पावर कम्पनीको १३ करोड ७३ लाख र शिवम सिमेन्ट कम्पनीको १२ करोड ६ लाख बराबर कारोबार भयो ।

Leave Your Comment

Related News