हाथवे इन्भेष्टमेन्टसहित ४ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हाथवे इन्भेष्टमेन्टसहित ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । हाथवे इन्भेष्टमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १३ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम हाथवेका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साथै, यता ४ म्युचुअल फण्डका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन् । हाथवेले १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

यता एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले गत आर्थिक वर्षका लागि १५ –१५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड ले १२.७५ प्रतिशत प्रतिफल वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार