उच्च अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.७४ अंकले घटेर ४७७.६८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.५५ अंकले र सेन्सेटिभ इन्डेक्स २.०२ अंकले घटेको हो ।

बिहीबार ३२२ वटा कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबाररकम ८ अर्ब ९ करोड ५६ लाख पुगेको छ । जुन बुधबारको तुलनामा ४१ करोड २३ लाखले बढी हो ।
बुधबार ३२१ वटा कम्पनीको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६८ करोड ३३ लाख पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब ४७ अर्ब १८ करोड रहेको छ ।

बिहीबार २४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन सम्पूर्ण २ वटा समूह बढ्दा बाँकी ११ वटा घटेको छ । म्युअुचल फण्ड ०.०२ र निर्जीवन बीमा २ अंकले बढ्दा वाणिज्य बैंक १३, विकास बैंक १४३, वित्त ४९, होटल पर्यटन ११५, जलविद्युत ५२, लगानी २, जीवन बीमा २२०, उत्पादन र प्रशोधन १३१, लघुवित्त ७४, व्यापार ५३ र अन्य समूह ४७ अंकले घटेको हो ।

स दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिष्ट्रलरी, शिवम सिमेन्टस र युनाइटेड मोदी हाइड्रोपावर रह्यो । नेपाल रिइन्स्योरेन्सको ६५ करोड ४४ लाख , हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख, हिमालयन डिष्ट्रलरीको ३५ करोड ४ लाख, शिवम सिमेन्टसको २२ करोड ४२ लाख र युनाइटेड मोदी हाइड्रोपावरको १९ करोड ४९ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार