CLI

एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्री यही भदौ १५ गतेदेखि हुने भएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।

कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा भदौ १८ गते र ढिलोमा भदौ २९ गते बैंकिङ समयपछि हुनेछ ।  योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई आईआरएन ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई आईआरएन एएमसी क्वालिटि ३ रेटिङ्ग प्रदान गरेको छ।

Leave Your Comment

Related News