काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेर ४७२.६४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.३१ अंकले र सेन्सेटिभ इन्डेक्स १.८४ अंकले घटेको हो ।
आइतबार ३२१ वटा कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ६ करोड १८ लाख पुगेको छ । जुन बिहीबारको तुलनामा २ अर्ब ३ करोड ३८ लाखले कम हो ।
बिहीबार ३२२ वटा कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबाररकम ८ अर्ब ९ करोड ५६ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ९५ अर्ब ९ करोड रहेको छ ।
आइतबार २१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन सम्पूर्ण १३ वटा समुह घटेको छ । वाणिज्य बैंक १३, विकास बैंक ९३, वित्त ३२, होटल पर्यटन ७६, जलविद्युत ५२, लगानी १, जीवन बीमा १३१, उत्पादन र प्रशोधन ७७, लघुवित्त ७२, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा १४२, व्यापार १६ र अन्य समूह ३४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिष्ट्रलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर लिमिटेड रह्यो । नेपाल रिइन्स्योरेन्सको ४५ करोड ४६ लाख, हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख, हिमालयन डिष्ट्रलरीको २६ करोड ३३ लाख, नेपाल रिपब्लिक मिडियाको २१ करोड २ लाख र पिपुल्स पावर लिमिटेडको १८ करोड ३९ लाख बराबर कारोबार भयो ।

