आज पुन: घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार बढेको शेयर बजार मंगलबार पुनः घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घतेर ४७३.६८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.२३ अंकले र सेन्सेटिभ इन्डेक्स ०.९८ अंकले घटेको हो ।

मगंलबार ३२३ वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४३ करोड ८२  लाख पुगेको छ । जुन सोमबारको तुलनामा ६६  करोड ३५ लाखले कम हो ।

सोमबार ३२३  वटा कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम कम ५ अर्ब १० करोड ५७ लाख पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ८३ अर्ब ८५ करोड रहेको छ ।

मगंलबार २९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन सम्पूर्ण १३ वटा समूह  घटेको छ । वाणिज्य बैंक ७, विकास बैंक २३ , वित्त २१, होटल पर्यटन ३७, जलविद्युत ३४, लगानी ०.८५, जीवन बीमा ३९, उत्पादन र प्रशोधन ६०, लघुवित्त ५०, म्युअुचल फण्ड ०.०५ , निर्जीवन बीमा ८८  व्यापार ८२ र अन्य समूह १४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स,हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी र हिमालय डिस्टिल  रह्यो । नेपाल रिइन्स्योरेन्सको २२  करोड ७ लाख,हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख, युनियन हाइड्रोपावरको १४ करोड ६९ लाख, इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २० करोड ९५ लाख र कुमारी बैंक लिमिटेडको १७ करोड ९५ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार