कार्यकाल लम्ब्याउने मनसाय छैन -नाडा

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले  भ्रमको पछि नलाग्न आग्रह गर्दै  नाडा सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढेको दावी गरेको छ ।

नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै साधारण सभामा सहभागी बऐर आफ्नो मतअधिकार सुरक्षित रहेको बताएको छ ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको भएपनि नाडाको स्पषटोक्ति पश्चात का.जि.प्र.कार्यालयले च.नं. १३०  २०८२-०५-१८ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको बताएको छ ।

नाडाले बिशेष साधारणसभा गरेर पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता कार्य नहुने स्पस्ट पार्दै कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय गरेको छैन। नेतृत्व चयन र पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग रहेको बताएको छ ।

सो सम्बन्धमा नाडाको अध्यक्ष करणकुमार चौधरी,ले भनेका छन् “ यस संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै पुनः स्पष्ट पार्न चाहन्छु— म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन। यदि सबै सरोकारवालाले सहमति जनाउनु भयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु। संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु।“

नाडाले  सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार