CLI

आउने भयो नेपाल बैंकको एफपीओ


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल बैंक लिमिटेडको प्रस्तावित एफपीओ निस्काशन गर्न धितोपत्र बोर्डबाट आज अनुमति पाएको छ। प्रति कित्ता अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँमा एक करोड ७६ करोड ८४ हजार ८ सय ५८ कित्ता कित्ता शेयर जारी गर्न लागेको हो। 
यस एफपीओबाट बैंकले चार अर्ब ९५ करोड १७ लाख ६० हजार दुई सय ४० रुपैयाँ सङ्कलन गर्ने छ। जसमध्ये १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठ सय रुपैयाँ चुक्ता पूँजीमा जोडिने छ भने ३ अर्ब १८ करोड ३२ लाख ७४ हजार चार सय ४० रुपैयाँ जगेडा कोषमा जोडिने छ। 
अहिलेको अवस्थामा बैङ्कमा नेपाल सरकारको ६१ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेकोमा एफपिओ निष्कासनपछि बैङ्कमा सरकारी स्वामित्व ५१ प्रतिशतमा झर्ने छ भने सर्वसाधारणको हिस्सा बढेर ४९ प्रतिशत पुग्ने छ।
बैंकको तेस्रो त्रैमासको प्रतिवेदनका आधारमा चुक्ता पूँजी आठ अरब चार करोड रहेको छ। जसमा एफपीओ निष्कासन पछि बैंकको चुक्ता पूँजी एक अर्ब ७६ करोडले वृद्धि हुँदै नौ अर्ब ८१ करोड हाराहारी पुग्ने पुग्ने छ भने बैंकको जगेडा कोषमा प्रिमियम थपिँदा जगेडा कोष थप मजबुत हुने देखिन्छ।
प्रकाशित मिति : २०७५ असार ३ गते 

Leave Your Comment

Related News