हेटौँडा । बागमती प्रदेश सरकारले सुरक्षा निकायलाई ८५ वटा दुईपांग्रे सवारीसाधन दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश इलाका प्रहरी कार्यालय, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि ती सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनमा ठुलो क्षति भएको थियो । सवारी अभावमा सुरक्षामा चुनौती सिर्जना भएको सन्दर्भमा मन्त्रिपरिषद्बाटै आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।
निर्णयअनुसार इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा दुई पांग्रे सवारी साधन उपलब्ध गराइने छ ।
प्रदेश सरकारले विशेष गरी दसैँ, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थाका लागि यी सवारी साधन उपलब्ध गराइने जनाएको छ ।

