लक्ष्मी सनराइज क्यापिटलका म्युचुअल फन्डहरुको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ६ वटा म्युचुअल फन्डहरुले भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये सनराइज फर्स्ट म्युचुअल फन्डले चालु आर्थिक वर्षको भदौ महिनामा १ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । गएको साउनमा यस फन्डले ४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सार्वजनिक रिपोर्ट अनुसार फन्डको न्याभ १०.२४ रुपैयाँ छ । अघिल्लो महिना न्याभ ११.९९ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ७० करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ६६ करोड ९९ लाख लगानी गरेको थियो । बैंक मौज्दातमा ७ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यता, सनराइज ब्लुचिप फन्डले चालु आर्थिक वर्षको भदौ महिनामा ३ करोड ४४ लाख नोक्सानी व्यहोरेको छ । साउनमा फन्डले १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

रिपोर्ट अनुसार फन्डको न्याभ ९.७४ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.१० रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको थियो । बैंक मौज्दातमा ६ करोड ५० लाख रुपैयाँ रहेको छ ।

सनराइज फोकस्ड इक्विटी फन्डले चालु आर्थिक वर्षको भदौ महिनामा ४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गएको साउनमा फन्डले ८ करोड रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १०.४७ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.१९ रुपैयाँ थियो । यसफन्डले सूचीकृत कम्पनीको सेयरमा ९२ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ८८ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ९ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

शुभ लक्ष्मी कोषले चालु आर्थिक वर्षको भदौ महिनामा १ करोड ५५ लाख घाटा व्यहोरेको छ । साउनमा यस कोषले १३ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १०.४५ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.८५ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ४० करोड १० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ३६ करोड ३७ लाख रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी उन्नति कोषले चालु आर्थिक वर्षको भदौ महिनामा ४४ लाख ३३ रुपैयाँ नाफा कमाएको छ । साउनमा फन्डले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १०.१० रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.४६ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ५७ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ५३ करोड ६१ लाख रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ७ करोड १९ लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी भ्यालु फन्ड-२ ले चालु आर्थिक वर्षको भदौ महिनामा २ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । गएको साउनमा यस फन्डले ५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १०.३५ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.७७ रुपैयाँ थियो । फन्डले सूचीकृत कम्पनीको सेयरमा ७५ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ७४ करोड ७८ लाख रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ७ करोड २६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार