देशभरका १९ सडक अझै पुर्णरुपमा अबरुद्द

काठमाडौं । गत असोज २३ र २४ गतर आएको वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध रहेका छन् । भने एउटा सडक एकतर्फि रुपमा सञ्चालनमा आएको छ ।

केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।  संखुवासभास्थित कोसी राजमार्गको भोटखोला-४ बरुणखोला र संखुवासभाकै मकालु-४ एकुवामा आज सडक पूर्णरुपमा अवरुद्ध छ।

सिद्धिचरण लोकमार्गमै पर्ने उदयपुरको कटारी नगरपालिका – १४ को दलदले र कटारीकै विभिन्न ठाउँमा पनि सडक पूर्णरुपमा अवरुद्ध छ।  त्यस्तै धनकुटाको बाख्रिाबास र साँगुरीगढीका पनि विभिन्न ठाउँमा वर्षाको कारण मध्यपहाडी र कोसी लोकमार्ग अवरुद्ध भएका प्रहरीले जनाएको छ।

त्यसैगरि इलामको इलाम नगरपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण मेची राजमार्ग अवरुद्ध भएको छ।  त्यसैगरि रसुवाको नेपाल चीन जोड्ने नाका, पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसीस्थित अरनिको राजमार्ग, काभ्रेको रोसीस्थित बीपी राजमार्ग, मकवानपुरको बकैया-११ घट्टेपाखास्थित कान्ति लोकपथ, मकवानपुरकै भिमफेदी गाउँपालिका-८ बगुवास्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर-३ स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक पनि आज पूर्णरुपमा अवरुद्ध छ।

सिन्धुलीको मरिण गाउँपालिका-२ सिन्दुरेस्थित मदन भण्डारी लोकमार्गमा भने एकतर्फी गाडी चलेका छन्।

त्यसैगरि सिन्धुलीकै फिक्कल गाउँपालिका-६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोसी-१ नेपालथोकस्थित बीपी राजमार्ग पनि आज पूर्णरुपमा अवरुद्ध अबस्थामा छ। सो सडकल सञ्चालनमा आउन अझै १ हप्ता लाग्ने भौतिक पुर्वाधार तथा  यातायात मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार