दशैं बिदा पछिको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट, ५८ अंकले घट्दा चार अर्ब ६२ करोडको कारोबार

काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको छ । दशैंको लामो बिदापछि आज मंगलबार बजार खुलेको भएपनि नेप्से परिसुचक ५८ दशमलव ५५ अंकले ओरालो लागेर २६ सय चार दशमलव ९६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८८ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको ५५ हजार चार सय ५० पटकको कारोबारमा एक करोड तीन लाख ४५ हजार नौं सय तीन कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कारोबार रकम चार अर्ब ६२ करोड ९० लाख ४२ हजार छ सय ५६ रुपैयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार