काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंधका अनुसार सुनको भाउ प्रतितोला २६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य २ लाख ३४ हजार ६०० रुपैयाँ थियो । यता, चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला २ हजार ९५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी २ हजार ९६० मा कारोबार भएको थियो ।
सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?

