बिहीबार पनि बढ्यो सुनचाँदीको भाउ, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै बढेको छ । बिहीबार सुन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार