प्रचण्डको सचिवालयले दियो देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ । प्रचण्डको सचिवालयले सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको हो ।

केही दिनअघि सुवेदीले एक अन्तर्वार्तामा घर जलाइनु भन्दा दुई दिन पहिले नै प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको आरोप लगाएका थिए ।

सुवेदीले गलत र तथ्यहीन प्रचार गरेर भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या गरेको भन्दै प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उजुरी दिएको बताइएको छ ।

झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराएर चरित्रहत्यासमेत गरिएको भन्दै सुवेदीविरुद्ध उजुरी परेको छ । उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत रहेको भन्दै आवश्यक कानूनी कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार