काठमाडौं । सरकारले पेट्रोलियम पाइपलाइन देखि केबलकारसम्मका आयोजनाहरु राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको छ । असोज २३ गते आइतबार नेपाल रजपत्रमा सुचना प्रकाशन गर्दे आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो ।
उधोग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरे सँगै उक्त आयोजनाहरु राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गरिएको हो ।
मन्त्रिपरिषद्ले बैठकले प्राथमिकता प्राप्त आयोजनामा औधोगिक ग्राम , औधोगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र,सुक्खा बन्दरगाह,पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सण्चालन हुने केबलकार आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ ।
प्राथमिकता प्राप्त आयोजनाभित्र औधोगिक ग्राममा बराहक्षेत्र औद्योगिक ग्राम, जोरायल औद्योगिक ग्राम, परेको छ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका आयोजनामा ७ वटा जसमा दमक औधोगिक क्षेत्र, मयुरधाप औधोगिक क्षेत्र,शक्तिखोर औधोगिक क्षेत्र, लक्ष्मीपुर औधोगिक क्षेत्र, मोतिपुर औद्योगिक क्षेत्र, नौवस्ता औद्योगिक क्षेत्र , दैजी औधोगिक क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको छ । यस्तै विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनामा पाँचखाल विशेष आर्थिककाक्षेत्र, क्षेत्र र हरैया विशेष आर्थिक क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी रहे। यस्तै नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडी देखि झापाको चारआली सम्म पेट्रोलियम पाइप लाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना र अमलेखगन्ज देखि चितवनको लोथर सम्म पेट्रोलियम पाइप लाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको हो ।
निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनामा सत्यवती दर्शन प्रा.ल, सानो पाथिभरा केबलकार प्रा.लि र सिक्लेश अन्नपूर्ण केबलकारलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको छ।

