नेप्से सूचक ४४.२५ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेर बन्द भएको छ । बजार १.७६ प्रतिशतले बढेको हो ।

सेन्सेटिभ इन्डेक्स ५.१४ अंकले बढेर ४४.५४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स २.६५ र सेन्सेटिभ फोल्ट इन्डेक्स १.९७ अंकले बढेको छ ।

यस दिन ३३० वटा कम्पनीको ९९ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यता, ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने ३२४ वटा कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यसदिन सबै समूह बढेका छन् । वाणिज्य बैंक करिब ०.२८ प्रतिशत , विकास बैंक १.४१, वित्त १ ,  होटल पर्यटन ३.३५, जलविद्युत ६७.४०, लगानी २.२९ जीवन बिमा १.९२, उत्पादन र प्रशोधन १.५६, लघुवित्त ०.६३, म्युचल फण्ड ०.३२ , निर्जीवन बीमा१.४४, अन्य समूह ५.०१, व्यापार ३ प्रतिशत बढेका छन् ।

सबैभन्दा धेरै कमाउनेमा  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ,नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड, इमर्जङ नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

नेपाल माइक्रो,नेपाल रिइन्स्योरेन्स र क्रेष्ट माइक्रो १० प्रतिशतले बढेका छन् भंने र  इमर्जिङ नेपाल लिमिटेड ९.९२ , एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड ९.८२ प्रतिशतले मूल्य बढेको छ  ।

यस दिन सबैभन्दा धेरै गुमाउनेमा  कर्पोरेट डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था, एनएमबि हाइब्रिड फण्ड एल-II र कुमारी धनवृद्धि योजना रहेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड ५.२६ प्रतिशत, थ्री स्टार हाइड्रोपावर लिमिटेड ४.४५, समता घरेलु लघुवित्त वित्तीय संस्था लि ४, एनएमबी हाइब्रिड फण्ड एल-II ३.६ र कुमारी धनवृद्धि योजना ३ प्रतिशतले मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार