CLI

बालेन र सुधनमाथि कारबाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्।

जेनजी आन्दोलन र पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्न नेविसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले सिंहदरबार जलाउनुपर्छ भन्ने बालेनलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

उनले भने, ‘सिंहदरबार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुधन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्। अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ।’

उनले भदौ २३ गतेको आन्दोलनमा अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग पनि गरेका थिए। त्यस्तै, उनले २०४६ सालपछाडि सार्वजनिक पदमा बसेको मान्छेको सम्पत्ति छानबिन हुनुपर्ने प्रस्ताव पनि ल्याए।

पार्टीभित्र पनि वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनको माग छ। उनले घटनाको निष्पक्ष छानबिन गर्नको लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने बताए।

 

 

Leave Your Comment

Related News