काठमाडौं । मंगलबार नेप्से सूचक घटेको छ । बजार यसदिन १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ । सोमबार ४४.२५ अंकले बढेको बजार यसदिन फेरि घटेको छ । नाफा बुक गर्नेहरु बढेसँगै बजार घटेको हो ।
यसदिन ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार करिब ५ अर्ब बराबरको सेयर किनबेच भएको थियो ।कारोबार भएको ३१७ स्क्रिप्ट मध्ये ३३ वटाको भाउ बढेको छ भने २१४ वटाको सेयर मूल्य घटेको छ । ५ वटाको भाउ स्थिर छ ।
मंगलबार २ वटाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । शुभम् पावर र ग्रामीण लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको हो । समाज लघुवित्तको सेयर भने १० प्रतिशतले घटेको छ । म्युचुअल फन्ड, अन्य र ट्रेडिङ बाहेक अरु समूहमा गिरावट देखिएको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह घटेको छ ।


