CLI

मालपोतका खरिदार लाख घुससहित पक्राउ

काठमाडौं । काभ्रेको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले खरिदार भण्डारीलाई दुई लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजाय हुन माग दाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

Leave Your Comment

Related News