काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि कात्तिक महिनाका लागि मुद्दति खातामा प्रदान गर्ने ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले जस्तै यी बैंकहरुले पनि व्यक्तिगत मुद्दतिमा प्रदान गर्ने ब्याजदर घटाएका हुन् । असोजका लागि विकास बैंकहरुको औसत ब्याजदर ६.०६ प्रतिशत थियो । कात्तिकका लागि उक्त दर घटेर ५.७९ प्रतिशतमा झरेको छ । असोजमा ६ प्रतिशत भन्दा माथि रहेको ब्यजदर अहिले घटेको छ ।
नेपालमा पछिल्ला महिनाहरुमा बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर क्रमशः घटाएका छन् । यसको मुख्य कारण बजारमा तरलता बढ्नु, ऋणको माग घट्नु र राष्ट्र बैंकको मौद्रिक नीतिमा आएको सहजता हो।
हाल बैंकहरुमा निक्षेप धेरै आएको छ तर ऋण लिन चाहनेको संख्या घटेको छ। यस्तो अवस्थामा बैंकहरुमा अतिरिक्त रकम थुप्रिन्छ, जसले गर्दा नयाँ निक्षेप आकर्षित गर्न उच्च ब्याज दिने आवश्यकता रहँदैन । त्यसैले ब्याजदर स्वाभाविक रुपमा घटाइन्छ।
यसरी हेर्दा मुद्दति निक्षेपको ब्याजदर घट्नुको मूल कारण अर्थतन्त्रमा देखिएको तरलता वृद्धि, ऋण मागको कमी र मौद्रिक नीतिको सहजता हो। यो कदमले बैंकहरुको लागत घटाए पनि बचतकर्ताको प्रतिफल घटाउँछ र ऋण लिने वर्गका लागि फाइदा पुर्याउँछ।


