नेपाल राष्ट्र बैंकले एसटीआर/एसएआर गाइडलाइन्स अद्यावधिक गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले STR/SAR Guidelines (एसटीआर/एसएआर) गाइडलाइन्स अद्यावधिक गरी जारी गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरुले इकाईमा पेश गर्नुपर्ने शंकास्पद कारोबार/गतिविधि STR/SAR Guidelines पहिचान गर्ने सम्बन्धमा सूचक संस्थाहरुलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित उक्त गाइडलाइन्स जारी गरिएको जनाइएको छ ।

उक्त गाइडलाइन्समा शंकास्पद कारोबार तथा गतिविधि सम्बन्धी Red Flags लाई साधारण (General), सूचक संस्थाको प्रकार अनुरुप तथा सम्बद्ध कसुर सँग सम्बन्धित गरी तीन प्रकारमा विभाजन गरिएको छ । अद्यावधिक गाइडलाइन्समा सामान्य तर्फ Use of Artificial Intelligence and New Technologies  र Involvement of PEPs क्षेत्रमा Red Flags थप गरिएको छ ।

स्पेसिफिक क्षेत्रतर्फ हायर पर्चेज कम्पनी र अटोमोबाइल वितरक कम्पनीलाई रेड फ्ल्याग्समा थप गरिएको छ । उक्त गाइडलाइन्समा एसटीआर/एसएआरमा पेश गर्नुपर्ने विवरण, पेस गर्नुपर्ने समय तथा पेस गर्नुपर्ने पद्धती लगायत विषय समेत समावेश गरिएको छ । अद्यावधिक गाइडलाइन्सले सूचक संस्थाबाट पेस हुने एसटीआर/एसएआरको गुणस्तरमा वृद्धि भई सम्बद्ध कसूरको पहिचान तथा अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार