नेपाल लाइफ क्यापिटलको हकप्रद शेयर खुल्ला, संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । नेपाल लाइफ क्यापिटलले  हकप्रद शेयर खुल्ला गरेको  छ । कम्पनीको २०८०पुस ४ गते गते सम्पन्न साधारण सभाले हकप्रद प्रस्ताब पारित गरेको थियो ।

शेयरधनी दर्ता किताबमा २०८१जेठ २५  सम्म कायम संस्थापक शेयरधनीहरुले रू.२९,९९,०३,६००/- (अक्षरेपी उनान्तिस करोड उनान्सय लाख तीन हजार छ सय मात्र) को १:०.५ कित्ताको ५० प्रतिशतले हुन आउने प्रति शेयर अंकित मुल्य रु.१००/- दरको १४,९९,५१८ कित्ता शेयर संस्थापक शेयरधनीले आफ्नो हाल कायम शेयरको अनुपातमा हकप्रद शेयर खरिद गर्न पाउनेछन् । हकप्रद शेयर खरिद गर्न चाहने बिध्यमान संस्थापक शेयरधनीले २०८१असार ११ गते देखि २०८१ असार २५ गते सम्म आबेदन दिनु पर्नेछ ।

तोकिएको अवधिभित्र आवेदन नपरेमा समितिले तोकेको शर्त र तरिकाबाट बेचबिखन, पुनः बाँडफाँड वा अन्य किसिमले बिक्री बितरण गरी बाँडफाँड गर्न गरिने कम्पनीले जनाएको छ ।

हकप्रद शेयर खरिदका लागि दरखास्त नेपाल लाइफ क्यापिटल लिमिटेडको कारोबार कार्यालय, कमलपोखरी ( सिटी सेन्टर ), काठमाण्डौमा बुझाउनु पर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार