काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार तोलाको २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यसदिन ४ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुन तोलाको २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैरी, चाँदीको भाउ ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा झरेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ थियो ।
आइतबार सुनचाँदीको मूल्य भारी अंकले घट्यो

