RE
Global College

पत्रकार महासंघले नै मेरो सम्पत्ति छानबिन गरे हुन्छ : अध्यक्ष ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुनः माग गरेका छन् । पत्रकार सम्मेलनमार्फत् ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटकपटक आह्वान गरेको भन्दै पत्रकार महासंघले गरे पनि हुने बताएका हुन् ।

‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन । छानबिन गर्नुस् भनेको भन्यै छु। अरुको नसके मेरो मात्रै गरे पनि हुन्छ,’ ओलीले भने, ‘पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले मेरो सम्पत्तिको छानबिन गरे हुन्छ ।’ मेरो घरको डढेको खरानीको कणकण तपाईंहरूले हिसाव गर्नुपर्ने हुन्छ । सरकारले खाता रोक्का गर्न गरेको निर्णयप्रति लक्षित गर्दै उनले भने, ‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु । मैले सांसद् र प्रधानमन्त्रीका हैसियतले पाएको अहिलेसम्मको जम्मा गरेर २०, २५ लाख रुपैयाँ खातामा होला, त्यो त एकछिनमा हिसाव गरे थाहा हुन्छ। बैंकले हिसाव दिइहाल्छ। विश्वभरीका सरकारलाई सूचना जारी गरेर ओलीको सम्पत्ति पठाइदेउ भने भो, होला नि उपायहहरू त ।’

NECO

Leave Your Comment

Related News