काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १४ अर्ब ५६ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ ।
आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
कार्यालयका अनुसार १८२ दिनका लागि १३ अर्ब र ३६४ दिनका लागि १ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८३ वैशाख १५ गते र २०८३ कार्तिक १० गते भित्र परिपक्व हुनेछ । १८२ दिन र ३६४ दिन अवधि रहने ट्रेजरी बिलको लागि आइतबार १० बजे देखि ३ बजेसम्म आवेदन दिन सकिने छ ।
यसअघि साउन असोज ५ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ५ अर्ब बराबरको ट्रेजरी बिलको लागि ४२ अर्ब ७० करोडको बोल परेको थियो । जसमा औसत छुटदर १.५५०१ प्रतिशत रहेको थियो । असोज ५ गते नै ९१ दिनको लागि १४ अर्ब ४९ करोड बराबरको टे«जरी बिल सार्वजनिक गरेको थियो । १४ अर्ब ४९ करोड बराबरको टे«जरी बिलको लागि ८४ अर्ब ३८ करोडको बोल परेको थियो । जसमा औसत छुटदर १.९१२३ प्रतिशत रहेको थियो ।
पछिल्लो सयम ट्रेजरी बिल बिक्री नभए सँगै कार्यालयले १४ अर्ब ५६ करोड बराबरको नविकरण गरेको हो । । ट्रेजरी बिलको छुटदर करिब ३ प्रतिशत रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।

