थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा । थाई एशिया एयरले बैंकक-भैरहवा=बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२:०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १:१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार