काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले क्युआर कोर्ड स्क्यान गर्दा सतर्क रहनुपर्ने बताउँदै पैसा पठाउन क्युआर कोर्ड स्क्यान गर्नुपर्ने तर, पैसा प्राप्त गर्न क्युआर कोर्ड स्क्यान गर्नु नपर्ने जानकारी दिएको छ । राष्ट्र बैंकले पैसा प्राप्त गर्न भुक्तानी गरिदिने व्यक्तिलाई आफ्नो क्युआर कोर्ड दिनुपर्ने बताएको छ । राष्ट्र बैंकले कसैले क्युआर कोर्ड पठाएर पैसा पठाउँदैछु स्क्यान गर्नु भन्दा त्यस्तो नगर्न आग्रह गरेको छ ।

