CLI

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

म्याग्दी । ठुलो हिमपात भएपछि शुक्रबार बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेसक्याम्पमा हाल हिमपात शुरु भइसकेको जानकारी दिँदै शुक्रबार बेलुकासम्म त्यसतर्फ जान रोक लगाइएको जानकारी दिएको हो ।

अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा अहिले ठुलो हिमपात परेको र केही पर्यटक रोकिएको भन्दै त्यसतर्फ सुरक्षाकर्मी परिचालन समेत गरिएको बताइएको छ ।

प्रशासनले भने म्याग्दी जिल्ला स्थित उच्च पहाडी तथा हिमाली भेग हिमपात हुने संभावित क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, म्याग्दी जिल्लाका पर्यटकीय स्थल (अन्नपुर्ण वेशक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरी पदमार्ग, मोहरेडाँडा आदी) लगायतमा पदयात्राको लागि आवातजावत गर्ने पर्यटक तथा पर्यटन व्यवसायी र पदयात्रीहरू साथै काम विशेषले त्यस क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी नागरिकहरू सबैले आफु रहेको एवम् यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था, बसोबासको व्यवस्था ख्याल गरी सुरक्षित भई बस्न तथा यात्रा तय गर्न अनुरोध गरको छ ।

Leave Your Comment

Related News