गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ चयन भएकी छिन् । फाइनान्सका अध्यक्ष गौरब बुढाथोकीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्षमा खापुङलाई चयन गरिएको हो ।

कम्पनी सचिव यान सिं राईका अनुसार फाइनान्सको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गरेर खापुङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार