काठमाडौं । नेकपा माओवादीका उपमहासचिव बर्षमान पुनले जेनजीको मागमा आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएका को र अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहेको बताएका छन् । उनले हिजो प्रधामन्त्री निवास बालुवाटारमा आयोजित राजनीतक पार्टी, जेजजी प्रतिनिधि र सरकारका प्रतिनिधिको बीचमा भएको त्रिपक्षिय सम्बादका क्रममा सो कुरा बताएका हुन् ।
उनले भने हामीले सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेका वा आवाज उठाएका थियौं । त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ । त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो ।
२३ र २४ भदौपछिको अवस्थामा हामीले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेका हौं । सडकले नागरिक सरकार बनायो । यो सरकारलाई राजनीतिक दलको पनि समर्थन थियो । हामीले यो प्रक्रियालाई संसदले अनुमोदन गर्नुपर्छ भनेका थियौं, तर त्यो भएन । अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने भनेकै निर्वाचनमार्फत हो । सरकार निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्छ ।
भ्रष्टाचार नियन्त्रण गर्न ०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न संयन्त्र बननाउने हो भने पनि हामी समर्थन र सहयोग गर्न तयार छौं ।
जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर हामी चुनावमा जान्छौं । हामी जेनजीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौं । हाम्रो तर्फबाट पनि जेनजीसँग निरन्तर संवाद जारी रहनेछ ।
जेनजीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धताप्रति पार्र्टीको तर्फबाट उच्च सम्मान छ । हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रुपान्तरण गर्न पनि तत्पर छौं ।
सरकारले निर्वाचनको वातावरण बनाओस् हामी निर्वाचनमा होमिन तयार छौं ।
उनले भनेका छन् आजको राजनीति निकास भनेको चुनाव नै हो यसलाइ आधार बिनदु बनाएर अगाडि बढ्नु पर्छ मोबादी राजनीतक दल जेनजी प्रतिनिधि सबै सँग सहकार्य गरेर अगाडि जान तयार रहेको बताएका हुन। माओबादी अध्यक्षले जेजजीका एजेण्डा आफ्ना एजेणडा भएको पटक पटक बताएका छन् ।

