CLI

मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ६ गते साधारण सभा बोलाएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, घरानमा साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभामा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave Your Comment

Related News