काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले पार्टीमा योगदान गरेका तर हाल पार्टी बाहिर रहेका नेताहरूलाई एमालेमा फर्किन अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान स्वागतयोग्य रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– ‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ । ‘
जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको पनि उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्– ‘जवजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ । ‘
यस्तो छ भट्टराईको भनाइ
स्वागतयोग्य आह्वान
नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुन: यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ ।
जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिगों वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो ।
जबजको सिद्धान्त ‘शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा’ विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ ।
एकताको आधार
-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गंभीर र बस्तुनिष्ठ समिक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
-नेकपा एमालेको नेतृत्वमा आर्थिक/ सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।
कमरेडहरू, आउनुहोस् यिनै मान्यतामा हातेमालो गरौँ ।

