सामान्य बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो ।

तर, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार