काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३६७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ३४९.५२ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको सेयर कारोबार खुला हुनेछ ।


