दाउन्नेमा अत्यधिक जाम, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । नारायणघाट-बुटवल सडकखण्डको दाउन्नेमा कल्भर्ट निर्माणाधीन स्थानमा सडक चिप्लो हुँदा सवारीसाधन एकतर्फी सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न सबैसित अनुरोध गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाने अर्थात बर्दघाटबाट दुम्किबास जाने सवारीसाधन पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधन पास हुन सकेका छैनन् ।

सडक हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन चढ्न नसक्दा ठाउँठाउँमा बिग्रिएकोले लामो लाइन लागेको जनाएको छ ।

नवलपरासी(बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गा.पा. वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बाटो चिप्लो,उकालो तथा सवारी साधन बिग्रिएको कारणले सवारी साधन आवगमनमा असहज भएको कारणले दुवै तर्फ चल्ने सवारी साधनको चाप रहेको र बाटो एक तर्फी संचालनमा रहेको हुनाले बैकल्पिक मार्गको प्रयोग गर्नु हुन सम्पुर्ण महानुभावहरुमा जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व) अनुरोध गर्दछ जिल्ला प्रहरी कार्यालय नवलपुरले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार