नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक, फिचर पाउनुहोस् प्रशस्त

काठमाडौं । हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ७.९० लाख भारु (एक्स-शोरुम) राखिएको छ।

नयाँ भेन्यु आठवटा भेरियन्ट र आठवटा रंग विकल्पहरूमा उपलब्ध छ, साथै तीनवटा पावरट्रेन विकल्पहरूसँग आउँछ।

२०२५ भेन्युलाई नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक एलईडी हेडलाइट, नयाँ डीआरएल, एलईडी टेललाइट, नयाँ ग्रिल, १७-इन्चको डुअल-टोन एलोय ह्विल, र टेलगेटमा बोल्ड “भेन्यु” लेखिएको कनेक्टेड एलईडी लाइट बारले अझ आधुनिक बनाएको कम्पनीले उल्लेख गरेको छ।

यो एसयूभी हेजल ब्लु, मिस्टिक सफायर, एटलास ह्वाइट, टिटान ग्रे, ड्रागन रेड, एबिस ब्ल्याक र दुई डुअल-टोन विकल्पहरूमा उपलब्ध छ।

भेन्युको क्याबिन अब नयाँ स्तरमा पुगेको छ, जहाँ नयाँ ड्यासबोर्ड लेआउटमा दुईवटा १२.३-इन्चका कर्भ्ड स्क्रिनहरू राखिएको छ।

कम्पनीका अनुसार नयाँ सेन्टर कन्सोल डिजाइन, तीन-स्पोक स्टीयरिङ ह्विल, र भेन्टिलेटेड फ्रन्ट सिटहरूले क्याबिनलाई थप आरामदायी र आधुनिक बनाएका छन्। टेक-प्रेमी प्रयोगकर्ताहरूका लागि लेभल २ अड्यास, ब्लुलिंक कनेक्टिभिटी, ओटीए अपडेटहरू र वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटोजस्ता सुविधाहरू उपलब्ध छन्।

अन्य प्रमुख फिचरहरूमा ड्राइभ र ट्र्याक्सन मोड, छवटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, ब्लाइन्ड-स्पट मोनिटर र इलेक्ट्रिक सनरूफ पनि समावेश छन्। नयाँ भेन्यु आठ भेरियन्टहरू एचएक्स २, एचएक्स४, एचएक्स५, एचएक्स६, एचएक्स६टी, एचएक्स७, एचएक्स८ र एचएक्स१० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्नो भरपर्दो इन्जिन विकल्पहरू कायम राखेको छ, जसमा अब नयाँ ६-स्पीड टर्क कनभर्टर अटोमेटिक विकल्प पनि थपिएको छ। पावरट्रेन विकल्पहरूान १.२-लिटर एनए पेट्रोल (८२ बीएचपी/ ११४ एनएम) – ५-स्पीड म्यानुअल, १.०-लिटर टर्बो पेट्रोल (११८ बीएचपी/ १७२ एनएम) – ६-स्पीड म्यानुअल वा ७-स्पीड डीसीटी र १.५-लिटर डिजेल (११४ बीएचपी/ २५० एनएम) – ६-स्पीड म्यानुअल वा अटोमेटिक रहेका छन्।

२०२५ हुन्डाई भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै अब किया सोनेट, मारुती ब्रेज्जा, टाटा नेक्सन, स्कोडा काइल्याक, रेनो काइगर, निसान म्याग्नाइट, र महिन्द्रा एक्सयूभीभी ३एक्स० जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा दिन आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार