CLI

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन भएको छ। गभर्नर विश्वनाथ पौडेलले यही कात्तिक १७ गते यससम्बन्धी निर्णय गरेका थिए। यो निर्णय आजदेखि  कार्यान्वयन हुनेछ।

यसअनुसार विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागबाट रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा लगिएको छ।

त्यसैगरी गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालय, बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ।

यसबाहेक बैंक तथा वित्तीय संस्था नियमन विभागबाट गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा लगिएको छ भने भुक्तानी प्रणाली विभागबाट किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा जिम्मा दिइएको छ।

वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका डा. सत्येन्द्र तिमिल्सिना भने भुक्तानी प्रणाली विभाग पुगेका छन्। यता सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा लगिएको छ।

हेर्नुस् को कहाँ पुगे ?

रेवतीप्रसाद नेपाल : विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग

रामु पौडेल: मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा वित्तीय संस्था नियमन विभाग

विश्रुत थापा : मानव संसाधन व्यवस्थापन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभाग

दयाराम शर्मा : मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालय

गुरुप्रसाद पौडेल : बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संसाधन व्यवस्थापन विभाग

किरण पण्डित : भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभाग

डा. सत्येन्द्र तिमिल्सिना : वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभाग

रोशन कुमार सिग्देल : सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट बैंकिङ विभाग

डा. डिल्लीराम पोख्रेल : बैंकिङ विभागबाट मौद्रिक व्यवस्थापन विभाग

अनुज दाहाल : संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापन विभाग

राजन विक्रम थापा : गभर्नरको कार्यालयबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग

Leave Your Comment

Related News