काठमाडौं । बुधबार नेप्से सूचक १२.१७ अंकले बढेको छ । बजार २६०७.४२ विन्दुमा पुगरे बन्द भएको छ । यसदिन ३१२ कम्पनी ४२ हजार ८७९ पटकको करोबार हुँदा ९२ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो रकम मंगलबारको तुलनामा ४७ करोड ५० लाख कम हो । मंगलबार ५ अर्ब ७ करोड रुपयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार सेन्सेटिभ इण्डेक्स ०.२५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.५० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ प्रतिशतले बढेको छ । त्यसैगरी, ११ वटा उपसमूह बढेका छन् भने २ वटा घटेका छन् । बैंकिङ ०.५६ प्रतिशत, विकास बैंक ०.०८, वित्त ३.४१, जलविद्युत ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, लघुवित्त ०.२२, , निर्जीवन बीमा ०.२१, अन्य समूह ०.४४ र व्यापार समूह ०.४२ प्रतिशतले बढेको छ । होटल्स तथा पर्यटन समूह ०.४५, म्युअुचल फण्ड ०.०५ प्रतिशतले घटेको छ ।
यस दिन सर्वाधिक कमाउने कम्पनीमा माबिलुङ्ग इनर्जी लिमिटेड ९.९९ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था ९.९६, नेपाल फाइनान्स ९.२३, सम्पदा लघुवित्त वित्तीय संस्था ५.८६ पिपुल्स हाइड्रोपावर ४.५८ प्रतिशतले बढेको छ ।

