काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो।
यसदिन चाँदीमा पनि २० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ९० रुपैयाँ थियो।

