काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदी १० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला ३ हजार १० रुपैयाँ थियो
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

