काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हजार रूपैयाँ अंकित दरको ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र ‘”6% RBBL Debenture 2089″ ’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमकबीच सो सम्बन्धमा सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे।
सम्झौतामा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु.३ अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ जस मध्यको ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुन आउने रु.१ अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रु. १ अर्ब २० करोड बराबरको रकम सर्वसाधारणहरुका लागि निष्काशन गरिनेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधी ७ वर्षको रहनेछ ।

