CLI

लक्ष्मी सनराइज क्यापिटलको ७.७२ करोड नगद लाभांश पारित

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा शुक्रबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१÷०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित भएको छ ।

त्यस्तै, आ.व. २०८२÷०८३ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक एन.बि.एस.एम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय भएको छ ।

साथै, आषाढ मसान्त २०८२ को वासलात बमोजिम प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् रु.७.७२ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले महव्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

कम्पनीले करिब ६ अर्व बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा छ वटै म्युचुअल फण्डले आ.व. २०८१÷०८२ को मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको छ ।

Leave Your Comment

Related News