RE
Global College

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

काठमाडौं ।  नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ।

बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि तीन दिनका लागि सिमानाका बन्द गर्न लागिएको हो। सीमानाका बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिने छ।

त्यस्तै, धनुषा, सर्लाही तथा रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमानाका बन्द हुने जनाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द गर्नुपर्ने जनाएको छ ।

सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमानाका बन्द भएका कारण भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा सुचारु गरिने जनाएको छ।

NECO

Leave Your Comment

Related News